बिपीको अगुवाइमा प्रजातन्त्रीकरण अभियान थालेको हामीले भुल्यौँः सिपी मैनाली
काठमाडौँ - नेकपा मालेका महासचिव सिपी मैनालीले कांग्रेस नेता बिपी कोइरालाको नेतृत्वमा भएको प्रजातन्त्रीकरण अभियान थालेको नेताहरूले भुलेको बताएका छन् ।
काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै उनले देशमा व्यवस्था फेरिए पनि अवस्था नफेरिनुमा बिपीको अगुवाइमा भएको प्रजातन्त्रीकरण अभियानको मर्म र उद्देश्यलाई राजनीतिक दल र तिनका नेताले भुलेको परिणाम रहेको बताए ।
आन्तरिक किचलो र बाह्य हस्तक्षेपले देश अस्थिरतामा फस्दै आएको बताएका उनले देशका कार्यकारी प्रमुखले देशको अवस्थाबारे जानकार नरहेका टिप्पणी गरे ।
देशभक्त शक्तिहरू एकजुट भएर देशको समस्या समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । न्यायालयलाई भागबन्डा दिएर सरकार चलाइरहेको उनको आरोप थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया