दलमा स्थिरता छैन भने सरकार पनि स्थिर रहँदैनः महन्थ ठाकुर
फाइल फाेटाे
काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरले राजनीतिक दलमा स्थिरता नहुँदा सरकार पनि स्थिर नरहने बताएका छन् ।
काठमाडौंमा भइरहेको कांग्रेस १४औं महाधिवेशनको उद्घाटन कार्यक्रममा शुभकामना दिँदै उनले सरकार बनाउन दल स्थिर भएन भने सरकार पनि स्थिर नरहने बताएका हुन् ।
संविधान संशोधन गरेर मधेस र मधेसी जनताको माग सम्बोधन गर्नुपर्ने भन्दै उनले राजनीतिक संघर्षका क्रममा आफ्ना नेता तथा कार्यकर्ताहरू विभिन्न मुद्दा खेपिरहेका र जेल जीवन बिताइरहेका बताए ।
‘हामी हाम्रो समस्या सम्बोधन चाहन्छौँ’, उनले भने, ज्वालामुखीजस्तै विस्फोट हुन्छ । हामी सडकमा उत्रनुपर्ने हुन्छ । यस्तो अवस्था नआओस्,’ उनले भने । ठाकुर लामो समय कांग्रेसमा थिए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया