नेपाली कांग्रेस १४औँ महाधिवेशन

राजालाई दल खोल्न माधव नेपालको सुझाव

इकागज |
मंसिर २४, २०७८ शुक्रबार १६:१२ बजे

काठमाडौँ- जनता समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा राजतन्त्रको भविष्य नरहेको बताएका छन् । उनले नेपाली राजनीतिमा कालो बादर मडारिन खोजेको भन्दै नेपाली जनता फेरि ज्वालामुखी जस्तै विष्फोटको रुपमा अगाडि बढ्ने  बताए ।

कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन सत्रमा शुभकामना दिँदै नेपालले राजालाई नयाँ पार्टी खोल्न सुझाव दिए ।  'राजाले नयाँ पार्टी खोले हुन्छ, नत्र व्यापार खोलेर बसे हुन्छ' , उनले भने । राष्ट्रियताको रक्षा नेपाली जनताले नै गर्न सक्ने उनले बताए । 


उनले राजालाई फेरि शिर उठाउने दुस्साहस नगर्न चेतावनी समेत दिए । 'नदीको पर्वाह अगाडि बढेको छ, फेरि पछाडि जान सक्दैन', उनले भने । 
 


Author

थप समाचार
x