नेपाली कांग्रेस १४औँ महाधिवेशन

कांग्रेस केन्द्रीय सदस्यमा निर्माण व्यवसायी रवि सिंहको उम्मेदवारी घोषणा

इकागज |
मंसिर २४, २०७८ शुक्रबार १६:२४ बजे

काठमाडौँ - नेपाली कांग्रेसका युवा नेता रवि सिंहले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । तीन दशकदेखि कांग्रेस राजनीतिमा क्रियाशील सिंहले १४औँ महाधिवेशनमा आदिवासी जनजाति कोटाबाट उम्मेदवारी घोषणा गरेका हुन् । 

२०४६ सालको पहिलो जनआन्दोलन, प्रतिगमनविरोधि २०६२/६३ को दोस्रो जनआन्दोलनमा सक्रिय रहेका सिंहले नेपाली कांग्रेसका सभापतिका उम्मेदवार प्रकाशमान सिंहको टिमबाट उम्मेदवारी दिने बताए । 


सबैको परामर्श र सल्लाहमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको उनले बताए । सिंहले जेष्ठलाई सम्मान र युवाहरूलाई प्रोत्साहन गर्दै आफू चुनावी मैदानमा होमिएको बताए । हाल नेपाली कांग्रेसको जनजाति विभागको केन्द्रीय सदस्य रहेका सिंह देशभरका करिब १३ हजार निर्माण व्यवसायीको छाता सङ्गठन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत हुन् । 

संगठनमा बलियो पकड भएका सिंह युवाका बीच लोकप्रिय मानिन्छन् । नेपाली निर्माण उद्योगका संशक्त व्यक्तित्वको छवि बनाएका सिंह सामाजिक संघ संस्थाहरूमा पनि  क्रियाशील छन् ।  


Author

थप समाचार
x