नेपाली कांग्रेस १४औँ महाधिवेशन

म प्रधानमन्त्री भएपछि ओली शासनको डर, त्रास र भयको शासनबाट सबैले मुक्ति पाए : शेरबहादुर देउवा

इकागज |
मंसिर २४, २०७८ शुक्रबार १८:४२ बजे

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले सरकारको नेतृत्व गरेपछि डर-त्रासमुक्त समाज बनेको बताएका छन् । पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै देउवाले डर त्रास मुक्त समाज बनाएरै छोड्ने बताएका हुन् । 

‘मेरो सरकार भन्दा अघिको समय हेर्नुस्, डस-त्रास । म प्रधानमन्त्री भएपछि सबैले मुक्ति पाए । ओलीको शासनबाट सबैले मुक्ति पाए,’ उनले भने, ‘अब पनि डर त्रासबाट मुक्त समाज बनाउने कि नबनाउने भन्ने यो महाधिवेशनले तय गर्छ । अब कांग्रेसले जित्नुपर्छ । आउँदो सरकार गाउँदेखि माथिसम्म कांग्रेसको सरकार हुन्छ । डर-त्रास मुक्त समाज बनाइन्छ, बनाइन्छ, बनाइन्छ ।’ 



Author

थप समाचार
x