नेपाली कांग्रेस १४औँ महाधिवेशन

शेरबहादुर देउवाले कार्यकर्ता माझ भने : मलाई एक पटक फेरि जिताइदिनुहोस्

इकागज |
मंसिर २४, २०७८ शुक्रबार १८:४९ बजे

काठमाडौँ –  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई पार्टी सभापतिकै रुपमा पुनः एक पटक जिताइदिन कार्यकर्तालाई आग्रह गरेका छन् । पार्टीको १४औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै देउवाले भने, ‘मलाई सभापतिमा एक पटक जिताइदिनुस् ।’

उनले आफू नेतृत्वको सरकार आएसँगै केपी ओलीको शासनबाट सबैले मुक्ति पाएको पनि बताए । देउवाले केपी ओलीले सरकारको नेतृत्व गर्दा डर, त्रास र भयको वातावरण भएको पनि दाबी गरे ।
 



Author

थप समाचार
x