नेपाली कांग्रेस १४औँ महाधिवेशन

केहीबरमा बन्दसत्र सुरु हुने, भोलि उम्मेदवारी दर्ता, सोमबार मतदान

इकागज |
मंसिर २४, २०७८ शुक्रबार १९:१९ बजे

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत उद्घाटन सत्रको कार्यक्रम सकिएको छ । अब केहीबेरपछि काठमाडौँस्थित भृकुटी मण्डपमै बन्दसत्र सुरु हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । बन्दसत्रमा महान्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काले पेस गर्ने संगठन प्रतिवेदन अनुमोदन हुनेछ ।

त्यस्तै कोषाध्यक्ष सीतादेवी यादवले पेस गर्ने आर्थिक प्रतिवेदन पनि अनुमोदन हुनेछ ।  हिजो बिहीबार नै कांग्रेस केन्द्रीय समितिको बैठकमा कोषाध्यक्ष यादवले कांग्रेसको खातामा १० करोड रुपैयाँ मौज्दात रहेको प्रतिवेदन पेस गरेकी थिइन् । 


त्यस्तै भोलि नयाँ नेतृत्वको लागि आकांक्षीहरुले मनोनयन दर्ता गर्नेछन् । कांग्रेसमा सभापति, उपसभापति, महामन्त्रीलगायतका पदमा आकांक्षी धेरै छन् । आइतबार भने उम्मेदवारी फिर्ता गर्न समय दिइनेछ । त्यस्तै सोमबार बिहान ८ बजेदेखि नै मतदानको कार्यतालिका छ ।  


Author

थप समाचार
x