नेपाली कांग्रेस १४औँ महाधिवेशन

देउवाकै प्यानलबाट महामन्त्रीको उम्मेदवार प्रदीप पौडेल, देउवा र सिटौलाबीच भयो सहमति

इकागज |
मंसिर २४, २०७८ शुक्रबार २०:२१ बजे

काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल सभापति शेरबहादुर देउवाकै प्यानलबाट १४औँ महाधिवेशनमा महामन्त्री पदमा चुनाव लड्ने भएका छन् ।  पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहका नेता पौडेललाई आफ्नो समूहबाट महामन्त्रीको उम्मेदवार बनाउन देउवा राजी भएका हुन् । केहीबेरअघि मात्रै देउवा र सिटौलाले पौडेललाई महामन्त्री बनाउने सहमति गरेका हुन् । 

पौडेललाई महामन्त्रीमा देउवा समूहले सहयोग गर्ने सहमति गरेका सिटौलाले सहमतिमा सभापति देउवालाई सहयोग गर्ने पनि बताएका छन् । १३औँ महाधिवेशनमा सिटौला सभापतिको उम्मेदवार थिए । तर, पछि दोस्रो चरणमा देउवालाई नै सहयोग गरेका थिए ।  १४ औँ महाधिवेशन स्थलमै देउवा र सिटौलाबीच सहमति भएको हो । देउवासँग सहमति भएपछि सिटौलाले पौडेललाई फोन गरेर जानकारी गराएका थिए । 


 
 


Author

थप समाचार
x