नेपाली कांग्रेस १४औँ महाधिवेशन

पौडेल समूहको बैठक सकियो, आज पनि भएन सहमति

इकागज |
मंसिर २४, २०७८ शुक्रबार २१:८ बजे

फाइल तस्बिर

काठमाडौँ – साझा उम्मेदवार चयन गर्न भन्दै छलफलका लागि जुटेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको अहिले साँझको बैठक पनि निष्कर्षबिना नै सकिएको छ । सभापतिका आकांक्षी धेरै भएपछि यो समूहमा सहमति हुन सकेको छैन ।  

सभापतिका आकांक्षीहरु पौडेल, शशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंह छन् । सहमतिका लागि पौडेल र शशांकले आफू पछि हट्न तयार रहेको बताए पनि शेखर र प्रकाशमान भने टसमस भएका छैनन् । अहिले साँझ बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा यी चारै नेतासहितको छलफल भएको थियो । महामन्त्री कोइरालाले भने, ‘सहमतिको प्रयास जारी छ । अहिले सहमति जुट्न सकेन ।’ 


    


Author

थप समाचार
x