नेपाली कांग्रेस १४औँ महाधिवेशन

पौडेल समूहको केन्द्रीय सदस्यहरुको बैठक बस्‍दै

इकागज |
मंसिर २५, २०७८ शनिबार ८:३७ बजे

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिको साझा उम्मेदवार टुङ्याउन रामचन्द्र पौडेल समूहको बैठक बस्‍दैछ । केहीबेरमा पौडेल समूहका केन्द्रीय समिति सदस्यहरूलाई बैठकमा सहभागी हुन बोलाइएको छ ।

पौडेल समूहका केन्द्रीय सदस्य बद्री पाण्डेका अनुसार बैठकमा साझा उम्मेदवार टुङ्याउने र निर्वाचन रणनीति बनाउनेछ । 


कांग्रेसको नयाँ नेतृत्वका लागि सभापति शेरबहादुर देउवाले फेरि दाबी गरेका छन् । उनले शुक्रबारको उद्घाटनसत्रमै मतदातासँग अपील गर्दै भोट दिन आग्रह गरे । उनलाई नेता कृष्णप्रसाद सिटौला पक्षले पनि साथ दिने भएको छ ।

यसअघि सभापति देउवाकै पक्षमा रहेका वर्तमान उपसभापति बिमलेन्द्र निधि पनि सभापतिका दाबेदार हुन् ।

त्यसबाहेक संस्थापन इतर पक्षबाट सभापतिका लागि साझा उम्मेदवारको खोजी भइरहेको छ । उक्त पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला र नेता शेखर कोइरालाले दाबी गरिरहेका छन् ।


Author

थप समाचार
x