नेपाली कांग्रेस १४औँ महाधिवेशन

सभापतिको दौडबाट पौडेल बाहिरिने

इकागज |
मंसिर २५, २०७८ शनिबार ९:३१ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल संस्थाप इतर पक्षबाट सभापतिमा साझा उम्मेदवार बन्न नसकेपछि दौडबाट बाहिरिने भएका छन् । १३औँ महाधिवेशनमा शेरबहादुर देउवासँग पराजित भएका पौडेल १४औँ महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेदवार भएर हारको बदला लिने रणनीतिमा उनी थिए ।

तर, संस्थापन इतरबाट सभापतिमा साझा उम्मेदवार खडा गर्ने समझदारीले आकार लिन नसकेपछि पौडेल सभापतिमा लड्ने सम्भावना झिनो बन्दै गएको हो । किन कि सभापतिका आकांक्षी शशा‌ंकले कोइरालाले तीन दिन अघि नै 'रामचन्द्र दाइका लागि सभापतिबाट पछि हट्ने' बताएका थिए ।


तर, यसबीचमा पनि संस्थापन इतरबाट साझा उम्मेदवारमा सहमति जुट्न सकेको छैन । पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला र नेता शेखर कोइरालाले सभापतिमा दाबी गरिरहेका छन् ।

सिंह अवधारणासहित आजै सभापतिमा उम्मेदवारी दर्ता गर्ने तयारीमा छन् ।  शेखर पनि  सामाजिक सञ्जालमा ‘एक पटक, यसै पटक’ भन्दै प्रचार अभियानमा छन् । अब सभापतिमा इतरबाट प्रकाशमान र शेखर सभापति प्रतिस्पर्धामा आउने देखिन्छ ।
 


Author

थप समाचार
x