नेपाली कांग्रेस १४औँ महाधिवेशन

देउवालाई सिटौलापछि श्रेष्ठको साथ

इकागज |
मंसिर २५, २०७८ शनिबार ९:३६ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको १३औँ महाधिवेशनबाट सभापति निर्वाचित भएका शेरबहादुर देउवा पुन: सभापतिको दाबेदारीमा छन्  । इतर पक्ष उपगुटमा चुनाव लड्ने माहोल बनेपछि उनले आफूलाई अनुकुल महसुस गरिरहेका छन् ।

देउवालाई नेता कृष्णप्रसाद सिटौलाले साथ दिइसकेका छन्  । यसअघि आफू पनि सभापतिको आकांक्षी बताउँदै आएका नेता गोपालमान श्रेष्ठले देउवालाई साथ दिने भएका छन्  । उनी देउवाका विश्वासपात्र मानिन्छन् । 


देउवा खेमाबाट उपसभापति विमलेन्द्र निधि सभापतिमा अघि सर्दा श्रेष्ठले दाबेदारी प्रस्तुत गरिरहेका थिए । तर, निधि देउवा खेमाबाट आउट भएपछि श्रेष्ठले देउवालाई नै साथ दिएका हुन् ।

शुक्रबारबाट सुरु भएको कांग्रेस महाधिवेशनमा नयाँ नेतृत्वका लागि आज मनाेनयन दर्ताको कार्यतालिका छ । निर्वाचन भने सोमबार हुनेछ ।


Author

थप समाचार
x