नेपाली कांग्रेस १४औँ महाधिवेशन

यस्तो छ कांग्रेस निर्वाचनको कार्यतालिका

इकागज |
मंसिर २५, २०७८ शनिबार ९:४१ बजे

काठमाडौँ - नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन र बन्द सत्र शुक्रबार भएको छ । शुक्रबारनै निर्वाचन समितिले १४औं महाधिवेशनमा मत हाल्न आएका मतदाताहरुको अन्तिम नामावली प्रकाशनसमेत गरिसकेको छ । 

१४औं महाधिवेशनमा उम्मेदवार हुन चाहनेका लागि आज मनोनयन दर्ता गर्ने दिन हो । निर्वाचन समितिले आज (शनिबार) बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय मनोनयन दर्ताका लागि छुट्टयाएको छ । मनोनयन दर्ता प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमै गरिने निर्वाचन समितिले जनाएको छ । 


आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने कार्यतालिका छ । यस्तै समितिले आइतबार बिहान १० देखि मध्यान्ह १२ बजेसम्म सो दावी विरोध उपर निर्णय गर्ने, मध्यान्ह १२ देखि दिउँसो ३ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम (देवनागरिक लिपी) पहिलो नाम प्रकाशित गर्ने कार्यतालिका तय गरेको छ । 

निर्वाचन समितिले भोलि दिउँसो नै ३ देखि ४ बजेसम्म मनोनयन फिर्ताको समय छुट्टयाएको छ । साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र २७ गते मतदान गर्ने निर्वाचन समितिले जनाएको छ । 

 


Author

थप समाचार
x