नेपाली कांग्रेस १४औँ महाधिवेशन

शेखर र शंशाकको साथ छाडेर सिंहको प्यानलबाट उपसभापतिमा उठ्‍दै सुजता

इकागज |
मंसिर २५, २०७८ शनिबार १०:२५ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयन  प्रक्रिया आज शनिबार सुरु हुँदैछ । नेतृ सुजाता कोइरालाले शेखर र शंशाकको साथ छाडेर प्रकाशमान सिंहको प्यानल रोजेको उनको सचिवालयले जनाएको छ ।

सिंहको प्यानलबाट उनी उपसभापतिमा उम्‍मेदवारी दिने भएकी छन् । आज सिंहको अवधारणापत्र घोषणासभामा उनी उपस्थित हुने बताइएको छ । शेरबहादुर देउवा नेतृत्व सरकारमा सहभागी हुन नपाएपछि उनी शशांक र शेखरसँग टाढिएकी थिइन् ।



Author

थप समाचार
x