नेपाली कांग्रेस १४औँ महाधिवेशन

सिंहलाई फकाउन उपसभापतिसहित प्रधानमन्त्रीको अफर लिएर गए पौडेल समूहका नेताहरू

इकागज |
मंसिर २५, २०७८ शनिबार १०:४४ बजे

काठमाडौँ- कांग्रेस नेता प्रकाशमान सिंहलाई फकाउन रामचन्द्र पौडेल निकटका नेताहरू बोहोराटारबाट निस्किएका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिमा उम्‍मेद्वार घोषणा गरेका नेता सिंहलाई फकाउन गगन थापा, काठमाडौँका सभापति कृष्ण सबुज बानियाँ, केन्‍द्रीय सदस्य बन्द्री पाण्डेलगायतका नेताहरू गएका हुन् ।

अन्तिम प्रयास भन्‍दै सभापतिमा पौडेललाई सघाउन र सिंहलाई उपसभापति बन्‍न आग्रह गर्ने बताइएको छ । फकाउन गएका एक नेताले दिएको जानकारी अनुसार सिंहलाई उपसभापति र यदि कांग्रेस सरकारको नेतृत्व गरेमा प्रधानमन्त्री बनाउने अफर लिएर गएका छन् ।



Author

थप समाचार
x