नेपाली कांग्रेस १४औँ महाधिवेशन

पाण्डे र विश्वकर्माले गरे सह-महामन्त्रीमा उम्मेदवारी दर्ता

इकागज |
मंसिर २५, २०७८ शनिबार १२:२७ बजे

काठमाडौँ - नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनअन्तर्गत शनिबार मनोनयन दर्ता प्रक्रिया भइरहेको छ । बाजुराका बद्री पाण्डे र अर्घाखाँचीका मानबहादुर विश्वकर्माले सह-महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् । 

सभापति पद र प्यानल निर्माणमा शीर्ष नेताहरू आन्तरिक छलफलमा व्यस्त रहेका बेला उनीहरूले मनोनयन दर्ता सुरु भएलगत्तै आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । शुक्रबार भृकुटीमण्डपमा उद्घाटन सत्र कार्यक्रम गरेको कांग्रेसले मनोनयन दर्ता भने राष्ट्रियसभा गृहमा गरेको छ । 



Author

थप समाचार
x