नेपाली कांग्रेस १४औँ महाधिवेशन

पार्टीलाई एकढिक्का बनाएर बलियो बनाउँछुः  देउवा

इकागज |
मंसिर २५, २०७८ शनिबार १३:५० बजे

काठमाडौँ- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का बनाएर बलियो बनाउनुपर्ने बताएका छन् । 

नेपाल मुस्लिम संघले शनिबार काठमाडौंमा आयोजना गरेको मुस्लिम महाधिवेशन प्रतिनिधिलाई स्वागत कार्यक्रममा देउवाले आगामी निर्वाचनलाई पार्टीलाई बहुमत दिलाउन पार्टीलाई एकताबद्ध भएर बलियो बनाउनुपर्ने बताएका हुन् । 


उनले पार्टी नेतृत्वमा आउनेले पार्टीलाई शसक्त बनाउनुपर्ने भएकाले उक्त जिम्मेवारी आफुले पुरा गर्ने स्पष्ट पारे । अहिले मुलुकलाई अघि बढाउनका लागि र सबैको अधिकार स्थापित गर्न पनि कांग्रेस नेतृत्वको सरकारको निरन्तरता आवश्यक रहको उनले बताए । 

कार्यक्रममा महाधिवशेनका लागि आए मुस्लिम महाधिवेशन प्रतिनिधिलाइ सम्मान पनि गरिएको थियो । 


Author

थप समाचार
x