नेपाली कांग्रेस १४औँ महाधिवेशन

रामचन्द्र पौडेलको विज्ञप्ति : कांग्रेस संसदीय विचलनबाट हात लागेको सत्तामा रमाइरह्‍यो

इकागज |
मंसिर २५, २०७८ शनिबार १४:३ बजे

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विज्ञप्ति जारी गरेका छन् । १४ औँ महाधिवेशनमा सभापतिमा नउठ्‍ने घोषणा गरेका पौडेलले नेता कार्यकर्ताहरूलाई विवर्क प्रयोग गरेर लोकतान्त्रिक प्रतिस्पर्धाको आदर्श र मूल्यलाई जोगाउन विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।

'मैले कांग्रेसलाई जुन रुपमा बुझ्‍दै आएको थिएँ, त्यो कांग्रेसमा विचलन आइरहेको मैले अनुभव गर्नुपरेको छ' जारी विज्ञप्तिमा भनिएको छ 'कांग्रेसलाई आज केवल सत्ताको भर्‍याङमा सीमित हुन गएको मलाई महसुस भइरहेको छ । त्यो पनि संसदीय विचलनबाट हात लागेको सत्ता अवसरमा पार्टी रमाइरहेको अवस्था छ ।' 



Author

थप समाचार
x