नेपाली कांग्रेस १४औँ महाधिवेशन

युवाहरु नेतृत्व लिन्छौं भन्छन्, तर सभापतिमा उम्मेदवारी दिन डराउँछन्ः देवेन्द्रराज कँडेल

इकागज |
मंसिर २५, २०७८ शनिबार १४:१५ बजे

काठमाडौँ - कांग्रेस नेता देबेन्द्रराज कँडेलले युवा भन्नेहरुले आफूमाथि विश्वास छ भने सभापतिमा उम्मेदवारी दिन चुनौती दिएका छन् । मेची महाकालीमा गएर चर्का भाषण गर्ने साथीहरुले सभापतिमा उम्मेलवार नदिनु अच्मम भएको उनले बताए । 'देशभर संगठन विस्तार र विचार दिएको हो भने सभापतिमा किन डराउनु' उनले भने । 

केन्द्रीय सदस्यमा उम्मेदवारी दिएपछि स१चारकर्मीसँग कुरा गर्दै कँडेलले पार्टीमा एउटा गुटमा बस्नैपर्ने बाध्यता रहेको बताए । उनले आफू खुमबहादुर खड्काको गुटमा रहेपनि उनको निधन भएपछि सभापति शेरबहादुर देउवाको गुटमा रहेको बताए । उनले तेस्रो समूहलाई ल्याएर सशक्त रुपमा अगाडि जाने बताए । 



Author

थप समाचार
x