नेपाली कांग्रेस १४औँ महाधिवेशन

प्रकाशमान सिंहले गरे सभापतिमा उम्मेदवारी घोषणा, सुजाता कोइराला उपसभापति

इकागज |
मंसिर २५, २०७८ शनिबार १४:२० बजे

काठमाडौँ- नेपाली कांग्रेसको सभापति पदका लागि प्रकाशमान सिंहले उम्मेदवारी घोषणा गरेका छन् ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मनोनयन दर्ता प्रक्रिया सुरु भइसकेपछि शनिबार दिउँसो औपचारिक कार्यक्रम गरेर सिंहले सभापति पदमा उम्मेदवारी घोषणा गरेका हुन् । 


सिंहको टिमबाट उपसभापतिमा सुजाता कोइरालाले उम्मेदवारी घोषणा गरेकी छन् । 

सभापतिमा उम्मेदवारी घोषणा गर्दै सिंहले अवधारणापत्र पनि सार्वजनिक गरेका छन् । अहिले पनि कार्यक्रम भइरहेको छ । नेता सिंहले सम्बोधन गरिरहेका छन् । 


Author

थप समाचार
x