नेपाली कांग्रेस १४औँ महाधिवेशन

कांग्रेस १४ औँ महाधिवेशन

शेखरको टिममा गुरुङ र भण्डारी उपसभापति, थापा र रिजाल महामन्त्री

कांग्रेसको विरासत बोक्नेदेखि युवाको नेतृत्व गर्नेसम्म !

इकागज |
मंसिर २५, २०७८ शनिबार १५:१ बजे

काठमाडौँ - संस्थापनइतर समूहको सभापतिका उम्मेदवार डा. शेखर कोइरालालको प्यानलबाट धनराज गुरुङ र चन्द्र भण्डारी उपसभापतिको उम्मेदवार भएका छन् । यस्तै महामन्त्रीकाे उम्मेदवारमा गगन थापा र मिनेन्द्र रिजाल छन् । 

सह-महामन्त्रीमा देवराज चालिसे, कमला पन्त, विकास लामा,  बद्री पाण्डे, जीवन परियार, शेख वकिल, रामकृष्ण यादव र तेजुलाल चौधरी उम्मेदवार भएका छन् । अहिले उनीहरु मनोनयन दर्ता गर्न जाँदैछन् ।


शेखरको टिममा युवादेखि बौद्धिक र नेपाली कांग्रेसको राजनीतिमा सम्मिश्रित नेताहरुको जमात छ । जहाँ युवा, समावेशी, बौद्धिक र कांग्रेस राजनीतिको छाप बदल्न सक्ने नेताको टिम देखिन्छ ।

 


Author

थप समाचार
x