कांग्रेस महाधिवेशन : देउवाले गरे सभापतिमा उम्मेदवारी दर्ता
काठमाडौँ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनबाट पनि कांग्रेसको नेतृत्व आफूले नै गर्ने दाबीका साथ पुनःसभापति पदका लागि उम्मेदवारी दिएका छन् । आज देउवाले आफ्नो प्यानलसहित नै राष्ट्रिय सभागृह पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।
देउवाको समूहमा उपसभापतिमा विजय गच्छदार, र पूर्णबहादुर खड्का पक्का भएका हुन् । त्यस्तै महामन्त्रीमा डा।प्रकाशशरण महत र सिटौला समूहका प्रदीप पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् । पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउने देउवाको निर्णयपछि उक्त समूहमा असन्तुष्टहरुको समूह बढेको छ । यो समूहलाई कृष्ण प्रसाद सिटौलाले पनि साथ दिएका छन् ।
यो समूहबाट महिला सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय डिना, आदिवासी जनजातितर्फको सहमहामन्त्रीमा भीष्मराज आङदेम्बे, दलितर्फको सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा अर्घाखाँचीलाई अघि सारिएको छ। त्यस्तै मधेशीतर्फको सहमहामन्त्रीमा महेन्द्र यादव, खस आर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह राठौर, थारुतर्फको सहमहामन्त्रीमा उमाकान्त चौधरी, मुस्लिमतर्फको सहमहामन्त्रीमा फरमुल्लाह मन्सुर र पिछडिएको क्षेत्रको सहमहामन्त्रीमा जीवनबहादुर शाहीलाई सहमहामन्त्रीको उम्मेदवार बनेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया