कांग्रेस सभापतिका उम्मेदवार शेखरका सात संकल्प (प्रतिज्ञा पत्रसहित)
काठमाडौँ - नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरलाले सात संकल्प प्रस्तुत गरेका छन् । शेखरले 'यस पटक र यसै पटक' भन्दै सात संकल्प प्रस्तुत गरेका हुन् । उनी संस्थापनइतर समूहका सभापतिका उम्मेदवार हुन् । उनकाे समूहमा धनराज गुरुङ र चन्द्र भण्डारी उपसभापतिको उम्मेदवार भएका छन् । यस्तै महामन्त्रीकाे उम्मेदवारमा गगन थापा र मिनेन्द्र रिजाल छन् ।
सह-महामन्त्रीमा देवराज चालिसे, कमला पन्त, विकास लामा, बद्री पाण्डे, जीवन परियार, शेख वकिल, रामकृष्ण यादव र तेजुलाल चौधरी उम्मेदवार भएका छन् ।
शेखरको टिममा युवादेखि बौद्धिक र नेपाली कांग्रेसको राजनीतिमा सम्मिश्रित नेताहरुको जमात छ । जहाँ युवा, समावेशी, बौद्धिक र कांग्रेस राजनीतिको छाप बदल्न सक्ने नेताको टिम देखिन्छ । यस्ताे छ उनकाे प्रतिज्ञापत्र र संकल्प ।
शेखरका सात संकल्प
- संविधान कार्यान्वयनको प्रतिबद्धता
- वैचारिक स्पष्टता, सुदृढ संगठन, विधानको पूर्ण पालना
- क्रियाशील र जिम्मेवार भातृ एंव शुभेच्छुक संगठन
- अनुभव र उर्जासहितको सशक्त कांग्रेस निर्माण
- पारदर्शी निर्णय, जवाफदेशी नेतृत्व, उतरदायी पार्टी
- सहभागितामूलक लोकतान्त्रिक अभ्यास
- प्रशिक्षित कार्यकर्ता, मजबुत संगठन
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया