यी हुन् कर्णालीबाट उम्मेदवारी दिने पदाधिकारी तथा केन्द्रीय सदस्य
सुर्खेत- कांग्रेसको १४ औं महाधिवेशनमा कर्णाली प्रदेशबाट १५ जनाले पदाधिकारी तथा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको टिमबाट उपसभापतिमा पूर्णबहादुर खड्का र दुर्गम तथा पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, खुला केन्द्रीय सदस्यमा हर्षबहादुर बम र हस्तबहादुर मल्ल उम्मेदवारी दिएका छन् । महिला खुला केन्द्रीय सदस्यमा रंगमति शाहीले उम्मेदवारी दिएकी छन् ।
कर्णाली प्रदेशबाट नारायणप्रसाद भट्टराई, हृदयराम थानी, राजीवविक्रम शाह, दिनबन्धु श्रेष्ठ र कर्णबहादुर बुढा उम्मेदवारी दिएका छन् । कर्णाली प्रदेशबाट महिला केन्द्रीय सदस्यमा जानकी सिंह र मैना कार्की रावलले उम्मेदवारी दिएकी छन् ।
खस आर्य महिला केन्द्रीय सदस्यमा भावना शाही र कान्तिका सेजुवाल उम्मदवारी दिएकी छन् । खुला पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा दीपकजंग शाहीले उम्मेदवारी दिएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया