नेपाली कांग्रेस १४औँ महाधिवेशन

अमेरिकाले लगायो चीनसहित चार देशका नागरिकमाथि प्रतिबन्ध

इकागज |
मंसिर २६, २०७८ आइतबार १४:९ बजे

फाइल फाेटाे

काठमाडौँ - अमेरिकाले चीन, म्यानमार, उत्तर कोरिया र बंगलादेशका दर्जनौं व्यक्ति र उनीहरु आबद्ध संस्थामाथि प्रतिबन्ध लगाएको छ ।

 मानवअधिकार दुव्र्यवहारका घटना बढेको भन्दै चीनले यी देशका केही नागरिक र संस्थामाथि प्रतिबन्ध लगाएको हो । अमेरिकाको प्रतिबन्धलाई बेलायत र बेलायतले पनि साथ दिएको छ । 


‘हाम्रो कदमले राज्य शक्ति दुरुपोग गरी दमन र पीडा लाद्नेविरुद्ध विश्वभरका प्रजातान्त्रिक देशहरुलाई एउटा महत्वपूर्ण सन्देश दिएको छ,’ राज्यकोष मामिलासम्बन्धी सहायक मन्त्री वाले एडियेमोले भने । 

अमेरिकी प्रतिबन्धको चारै देशले कुनै प्रतिकृया दिएका छैनन् ।


Author

थप समाचार
x