नेपाली कांग्रेस १४औँ महाधिवेशन

महाधिवेशनका लागि सञ्चालन गरेको स्वास्थ्य शिविरबाटै प्रचार प्रसार, आचारसंहिता विपरीत मत माग्दै

इकागज |
मंसिर २६, २०७८ आइतबार १६:१८ बजे

काठमाडौँ - कांग्रेस महाधिवेशनमा राखिएको स्वास्थ्य शिविरबाट उम्मेदवारहरुको प्रचारप्रसार भइरहेको छ । मतदान केन्द्रभन्दा ५ सय मिटर वरपर प्रचार प्रसार नगर्न भनिएतापनि कांग्रेसले सञ्चालन गरेको स्वास्थ्य  शिविरबाट प्रचारप्रसार भएको हो । 

पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको प्रचार प्रसार उक्त स्थानबाट भएको छ । शिविर मतदान केन्द्र नजिकै राखिएको छ । उद्घाटन सत्रकै दिन प्रहरीले भृकुटीमण्डपभित्र गरिएका प्रचार प्रसारका सामग्री आचारसंहिता विपरीत भएको भन्दै हटाएको थियो । तर, बस्नेतका कार्यकर्ताहरु शिविरमा बसेर शिविरमा आएका महाधिवेशन प्रतिनिधिहरुलाई मत मागिरहेका छन् । 


 बस्नेत कांग्रेसको १४औँ महाधिवेशनमा स्वास्थ्य समितिका संयोजकसमेत हुन् । उनी केन्द्रीय सदस्य(खुला)बाट उम्मेदवार भएका छन् । 


Author

थप समाचार
x