नेपाली कांग्रेस १४औँ महाधिवेशन

तीन कोइराला तीनतिर : देउवाको प्यानलमा शशांकको नाम

इकागज |
मंसिर २७, २०७८ सोमबार ७:३७ बजे

काठमाडौँ- नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको आज मतदान हुँदैछ । विहान ८ बजेदेखि पाँच बजेसम्म हुने मतदानमा पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीलाई महाधिवेशन प्रतिनिधिले चुन्ने छन् । त्यसका लागि कांग्रेसले पाँच सय लिटरका पानी ट्यांकी मतपत्र सुरक्षित गर्नका लागि तयार गरिसहेको छ । 

महामन्त्री शशांक कोइरालाको नाम सभापतिका उम्मेदवार शेरबहादुर देउवाको टीममा राखिएको छ । शशांकले  केन्द्रीय सदस्य पदमा उम्मेदवार दिएका थिए । शशांकका टीम भने डा. शेखर कोइरालाका टीममा छन् । 


शेखरले उम्मेदवारी दर्ता गर्ने बेलादेखि आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा  पनि शशांक गएका थिएनन् ।

त्यस्तै कोइराला परिवारकी नेतृ सुजता कोइराला प्रकाशमान सिंह टीमको उपसभापति छिन् ।


 


Author

थप समाचार
x