नेपाली कांग्रेस १४औँ महाधिवेशन

कांग्रेस महाधिवेशनमा सभापतिका लागि १५ सय मत खस्यो

इकागज |
मंसिर २७, २०७८ सोमबार १५:२७ बजे

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अहिलेसम्म १५ सय मत खसेको छ । 

भृकुटीमण्डप, राष्ट्रियसभा गृह र पुलिस क्लबमा रहेको मतदान केन्द्रहरुमा सभापतिका लागि १५ सय मत खसेको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । 


कांग्रेस सभापतिका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवा, शेखर कोइराला, पैकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिका लागि चुनावी प्रतिस्पर्धामा छन् । 


Author

थप समाचार
x