नेपाली कांग्रेस १४औँ महाधिवेशन

देउवा अक्षम हुँदा म पार्टी सभापतिमा उठेँ : प्रकाशमान सिंह

इकागज |
मंसिर २७, २०७८ सोमबार १५:३९ बजे

काठमाडौँ- नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले हाल भइरहेको नेतृत्व अक्षम हुँदा पार्टी सभापतिमा उठ्नु परेको बताएका छन् । 

उनले पार्टी सभापति देउवाले समयमै महाधिवेशन नगराएको, क्रियाशील सदस्यतामा ढिलासुस्ती गरेको र पार्टीको विधानमा मनपर्दी गरेको कारण यस्तो अवस्था सिर्जना भएको बताएका हुन् । 


सभापतिका उम्मेदवार सिंहले भने, ‘साँचै भनौँ भने यो १४ औँ महाधिवेशन बहुदलीय व्यवस्थाको पुनर्बहाली पछि २०४८ सालदेखि महाधिवेशनको अनुभव गरेका छौँ । यसपटक नेतृत्वको असक्षमता, नेतृत्वको असफलता, पार्टीलाई विधानले निर्देशित गरेका कार्यहरु गर्न नसकेको कारणले क्रियाशील सदस्यतामा पनि ढिलो भयो । नियमहरुमा मनपर्दी गरेर समयावधि सकिसकेपछि महाधिवेशन गरिएको छ ।’

नेपाली काँग्रेसको १४ औँ महाधिवेशन यही मंसिर २४ गतेदेखि काठमाडौंको भृकुटीमण्डमाा सञ्चालन भइरहेको छ । आज (सोमबर) पार्टी नेतृत्व चयनको लागि मतदान भईरहेको छ । पार्टीको नेतृत्वका लागि शेरबहादुर देउवा, डा. शेखर कोईराला, प्रकाशमान सिंह, विमलेन्द्र निधी र कल्याणकुमार गुरुङ चुनावी प्रतिष्पर्धामा छन् ।  

 


Author

थप समाचार
x