नेपाली कांग्रेस १४औँ महाधिवेशन

कांग्रेस महाधिवेशन : सभागृहमै सभापतिको मत गणना गर्ने तयारी

इकागज |
मंसिर २७, २०७८ सोमबार २२:५६ बजे

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरर्गत नेतृत्व चयनका लागि अहिले पनि मतदान जारी छ । करिब पाँचसय मत खस्न बाँकी छ । चार हजार सातसय ४३ मध्ये चार हजार दुई सय भन्दा धेरै मत खसिसकेको छ ।

बिहान ११ बजे सुरु भएको मतदान तेस्रो पटक समय थप गर्दै राति ११ः ३० बजेसम्म सारिएको छ । महाधिवेशनमा सभापतिका लागि पाँच जना उम्मेदवार भिडेका छन् । सभापतिमा शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ चुनावी मैदानमा छन् ।


सभापतिको मत गणना भने मतदान सकिएलगत्तै मुचुल्का उठाएर हुने बताइएको छ । निर्वाचन समितिका अनुसार  कूल खसेको मतको ५१ प्रतिशत पुर्‍याउने व्यक्ति सभापति निर्वाचित हुनेछन् । तर, ५१ प्रतिशत मत कुनै पनि उम्मेदवारले नल्याएको खण्डमा पुनः दोस्रो चरणको मतदान हुने छ । दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने र दोस्रो धेरै ल्याउने उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ ।  


Author

थप समाचार
x