नेपाली कांग्रेस १४औँ महाधिवेशन

कांग्रेस महाधिवेशन : पहिलो चरणमै जित्न सभापतिका उम्मेदवारले कति भाेट ल्याउनुपर्छ ?

इकागज |
मंसिर २८, २०७८ मंगलबार ०:४७ बजे

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तरर्गत सभापति पदको मत गणना राति १ बजेबाट सुरु हुँदैछ । कांग्रेसको विधानले पहिलो चरणमा सभापतिको उम्मेदवारले विजयी प्राप्त गर्न ५१ प्रतिशत मत ल्याएको हुनुपर्ने उल्लेख भएकाले सभापतिको मात्रै मत गणनाको तयारी गरिएको छ । अन्य पदका लागि खसेको मत भने मुचुल्का गरेर पार्टी केन्द्रीय कार्यालय सानेपा लैजाने निर्वाचन समितिले जनाएको छ ।  

४७४३ मतदाता रहेको कांग्रेसमा सभापति निर्वाचित हुन २३४० मत आवश्यक छ । यदि पहिलो चरणमा ५१ प्रतिशत मत नल्याए मंगलबार बिहानै देखि पुनः मतदान सुरु हुनेछ । दोस्रो चरणमा धेरै मत ल्याउने शीर्ष दुई उम्मेदवार भिड्नेछन । निर्वाचन समितिले दिएको जानकारी अनुसार ४७४३ मध्ये ४६७९ मत खसेको छ ।   कांग्रेसको सभापतिका लागि वर्तमान सभापति शेरबहादुर देउवा, केन्द्रीय सदस्य डा.शेखर कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, उपसभापति विमलेन्द्र निधि र कल्याण गुरुङ चुनावी मैदानमा छन् । 



Author

थप समाचार
x