नेपाली कांग्रेस १४औँ महाधिवेशन

४१७४ मतगणना अपडेट : देउवा-शेखर मतान्‍तर ४५३

इकागज |
मंसिर २८, २०७८ मंगलबार ८:२९ बजे

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सुरु भएको सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् ।  

४१७४ मतगणना गर्दा शेरबहादुर देउवाले १९९५ मत पाएका छन् । डा .शेखर कोइरालाले १५४२ मत ल्याएका छन् । बिमलेन्द्र निधिले २३० भोट ल्याउँदा प्रकाशमान सिंहले २८६ र कल्याण गुरुङले २० भोट ल्याएका छन् । राष्ट्रिय सभागृहमा मतगणना जारी छ ।


राति १ बजे सुरु हुने भनिए पनि चार बजेपछिमात्रै मत गणना सुरु भएको हो । कांग्रेसको यो अधिवेशनमा ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४६७९ जनाले मत खसालेका छन् ।

पहिलो चरणमै सभापति निर्वाचित हुन उम्मेदवारले २३४० मत ल्याउनै पर्ने हुन्छ । यो भनेको ५० प्रतिशत भन्‍दा बढी मत हो । यदि ५० प्रतिशतभन्‍दा बढी मत कुनै पनि उम्मेदवारले नल्याएको खण्डमा दोस्रो चरणमा धेरै मत ल्याउने दुई जनाबीच प्रतिस्पर्धा हुनेछ ।


Author

थप समाचार
x