नेपाली कांग्रेस १४औँ महाधिवेशन

देउवाले ५० प्रतिशत कटाउन सकेनन्, पुनः मतदान हुने

इकागज |
मंसिर २८, २०७८ मंगलबार ९:१ बजे

काठमाडौँ - नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवारको ५१ प्रतिशत नपुगेपछि सभापतिका लागि पुन मतदान हुने भएको छ । सभापतिका उम्मेदवार पाँच जनामा बढी आउने दुई जनाबीच प्रतिष्पर्धा हुन लागेको हो ।  

सभापतिका लागि दोस्रो चरणमा शेरबहादुर देउवा र डा. शेखर कोइरालाबीच प्रतिष्पर्धा हुने भएको छ ।  खसेको कुल ४६७९ मध्ये देउवाले २२५८ मत पाए भने कोइरालाले १७२९  मत पाएका थिए । कांग्रेसको विधानमा सभापतिका लागि कुनै उम्मेदवारको ५१ प्रतिशत नपुर्‍याए पुनः मतदान गर्नुपर्ने प्रावधान छ ।


सोमबार भएको निर्वाचनलगतै राति नै सभापतिको मतगणना सुरु भएको थियो । निर्वाचन समितिल ५१ प्रतिशत नपुगे मंगलबार नै सभापतिका लागि दोस्रो चरणको निर्वाचन गर्नुपर्ने हुनाले सभापतिको मात्रै मतगणना गरेको जनाएको छ । मतदान आजै हुने समितिले जनाएको छ । 

दोस्रो चरणमा हुने मतदानमा सभापतिका अन्य आकांक्षी प्रकाशमान सिंह, विमलेन्द्र निधिले कसलाई सहयोग गर्छन् त्यसकै पल्ला भारी हुने निश्चित छ । निधि र सिंहले देउवाको विरुद्ध एक हुने बताइसकेका छन् । 


Author

थप समाचार
x