नेपाली कांग्रेस १४औँ महाधिवेशन

कांग्रेस महाधिवेशन : देउवाले बहुमत ल्याउने सम्‍भावना न्यून

इकागज |
मंसिर २८, २०७८ मंगलबार ८:४९ बजे

काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सुरु भएको सभापतिको मतगणनामा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । हालसम्‍म ४३७६ मतगणना भएको छ । अब गन्‍न बाँकी ३०३ मत हो । 

पहिलो चरणमै सभापति निर्वाचित हुन उम्मेदवारले २३४० मत ल्याउनै पर्ने हुन्छ । यो भनेको ५० प्रतिशत भन्‍दा बढी मत हो । यदि ५० प्रतिशतभन्‍दा बढी मत कुनै पनि उम्मेदवारले नल्याएको खण्डमा दोस्रो चरणमा धेरै मत ल्याउने दुई जनाबीच प्रतिस्पर्धा हुनेछ ।


पछिल्‍लो अपडेट अनुसार शेरबहादुर देउवाले २०९५ मत पाएका छन् । ३०३ मत गन्‍न बाँकी हुँदा देउवाले चुनाव जित्‍न २४५ मत ल्याउनुपर्ने हुन्छ । डा .शेखर कोइरालाले १६४५ मत ल्याएका छन् । कोइरालाले चुनाव जित्‍न ६९५ मत ल्याउनुपर्ने हुन्छ । देउवाले बहुमत प्राप्त गर्न सक्‍ने सम्‍भावना न्यून हुँदै गएको छ । 

बिमलेन्द्र निधिले २३९ भोट ल्याउँदा प्रकाशमान सिंहले ३५० र कल्याण गुरुङले १९ भोट ल्याएका छन् । राष्ट्रिय सभागृहमा मतगणना जारी छ ।

राति १ बजे सुरु हुने भनिए पनि चार बजेपछिमात्रै मत गणना सुरु भएको हो । कांग्रेसको यो अधिवेशनमा ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४६७९ जनाले मत खसालेका छन् ।

 


Author

थप समाचार
x