विरासत सिध्याउन लागेकी सुजाता
फाइल फाेटाे
काठमाडौँ- नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला नेपाली राजनीतिमा सम्मान योग्य व्यक्ति होइनन् । बुबा गिरिजाप्रसाद कोइरालाको विरासतमा राजनीतिमा आएकी उनी कहिल्यै सम्मानको पात्र भइनन् ।
बुबाको रजगजमा धेरै कार्यकर्ताले साथ दिएपनि पछिल्लो समय उनी गुमनाम जस्तै भएकी थिइन् । क्यान्सर भएपछि गुमनाम भएकी उनी १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहको प्यानलबाट उपसभापति उठेपछि एकाएक चर्चामा रहिन् । आफ्नै ठूलोबुबाका छोरा दाजु डा. शेखर कोइराला सभापतिका उम्मेदवार हुँदा सुजाता प्रकाशमानको उपसभापति भएकी हुन् ।
१३औँ महाधिवेशनपछि कांग्रेस कोइराला परिवारको हातबाट शेरबहादुर देउवाको हातमा गएको थियो । त्यो फर्काउने अवसर तीन कोइराला(शशांक, शेखर र सुजाता) मा थियो । तर, त्यसमा कोइराला परिवारको साथ शेखरले पाएनन् । सुजाता सिंहबाट उठिन् भने शशांक मौन बसिदिए । शेखर एक्लै मैदानमा उत्रिए ।
दोस्रो चरणमा आफ्ना भाइ बिहनीको साथको अपेक्षा शेखरले गरेका थिए । तर सुजाता सिंहसँगैं पत्रकार सम्मेलनमा देखिइन् । अनि आफ्नै दाइविरुद्ध देउवाको सपोर्टमा लागिन् । सुजाता देउवाको समर्थनमा लाग्दैमा चुनावी परिणाम उथलपुथल हुने त हैन । तर पनि इतिहाँसले सुजाता र शशांकको भुमिकाको समीक्षा पक्कै गर्ला । तर कोइराला परिवारको विरासत सिध्याउन लागेकामा सुजाता सधै कंलकित भने हुनेछिन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया