नेपाली कांग्रेस १४औँ महाधिवेशन

महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु कांग्रेसले हटायो

इकागज |
मंसिर २९, २०७८ बुधबार १२:२९ बजे

फाइल फाेटाे

काठमाडौँ- नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु हटाइएको छ । 

बुधबार १४ आँै महाधिवेशनस्थल भृकुटीमण्डप परिसरलगायत काठमाडौं उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्रीहरु केन्द्रीय प्रचारप्रसार समितिले हटाएको हो । 


नेपाली काँग्रेसको सभापतिका लागि दोस्रो चरणमा भएको मतगणना र परिणाम सार्वजनिक भएसँगै प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरु हटाउनुका साथै प्रदर्शनीमार्गमा भएको फोहोरसमेत सफा गरिएको नेपाली काँग्रेसका नेता विश्वप्रकाश शर्माले बताए । 

उनले प्रचारप्रसारका लागि टाँगिएका ब्यानरलगायतका सामग्रीहरुको सरसफाई थालिएको बताए ।  पार्टीको प्रचारप्रसार समिति अन्तर्गतबाट निर्माण गरिएको स्वागत र श्रृंगार समितिका संयोजक गोविन्द पुडासैनीलाई टाँगिएका प्रचारसामग्री हस्तान्तरण गरेर सरसफाई गरिएको हो ।

नेता शर्माले भने, ‘प्रचारप्रसार सामग्रीहरु जति हामीले टाँसेका थियौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको क्रममा प्रचारप्रसार भयो । केन्द्रीय प्रचारप्रसार समितिले उपत्यकाव्यापी जुन एक हप्ते प्रचार अभियान गरेको थियो । त्यस क्रममा टाँसिएका सामग्री जति छन्, ती सबै सामग्रीहरु केन्द्रीय प्रचारप्रसार समितिअन्तर्गत सबै साथीहर मिलेर हामी सरसफाई गर्ने क्रममा लागेका छौँ । प्रदर्शनीमार्गमा हामीले सबै सामग्री सफाई गरेका छौँ ।’

मंसिर २४ गतेबाट शुरु भएको नेपाली काँग्रेसको १४ औँ महाधिवेशन मंसिर २९ गते बुधबारबाट सकिएको छ । अझै सभापति बाहेकका अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको मतगणना भने बाँकी छ । 


Author

थप समाचार
x