कर्पोरेट

पोको एम २ र पोको सी ३ नेपालमा सार्वजनिक

इकागज |
कात्तिक २३, २०७७ आइतबार १७:११ बजे

काठमाडौं : स्मार्टफोन ब्राण्ड पोकोले नेपालमा दुईवटा नयाँ उपकरण- पोको एम२ र पोको सी ३ सार्वजनिक गरेको छ । ब्राण्डले नेपालमा यो दोस्रो पटक आफ्नो उत्पादनहरु नेपालमा भित्र्याएको हो, यसभन्दा अगाडि सन् २०१८ मा पोको एफ १ सार्वजनिक गरिएको थियो । ‘पोकोले पहिलै मी फ्यानहरु र प्रयोगकर्ताहरुबाट निकै राम्रो प्रतिक्रिया पाएको छ र नेपालमा यी ब्राण्डका दुई नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्न पाउँदा हामी निकै उत्साहित छौँ,’ शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘पोकोमा हामी स्वतन्त्रता पूर्वक निर्णय लिन र विकासको बाटोमा अघी बढिरहन केन्द्रित रहेका छौँ, त्यसैले हामीले प्रयोगकर्ताहरुको छनौटका लागि शिर्ष विशेषताहरुका साथ पोको एम२ र पोको सी ३ सार्वजनिक गरेका छौं ।’

पोको एम२ सुपर फास्ट ६ जीबी र्याम स्मार्टफोन
पोको एम२ मा मिडियाटेक हेलियो जी ८० अक्टा-कोर प्रोसेसरका साथै २.०जीएचजेड मा दुई कोटेक्स-ए ७५ र १.८ जीएचजेड मा छ कोटेक्स-ए ५५ को साथ आउँदछ जसले पर्फमेन्स र दक्षताबीच सन्तुलन झल्काउँदछ । मिडियाटेक गेमिङ्ग विशेषताहरुका साथ पोको एम २ प्रयोगकर्ताले आर्कषक गेमिङ्गको आनन्द लिन सक्नेछन् । माथि उल्लेखित विशेषताहरुसंग एकेबद्दता जनाउँन ६ जीबी र्मका साथ यो पूर्ण सम्पन्न उपकरणले या श्रेणीका मापदण्डहरुलाई माथि उठाउने छ । 


ग्राहकहरुलाई उच्चस्तरीय दृश्य अनुभव प्रदान गर्नको लागि, पोको एम २ मा ६.५३ इन्च पूर्ण एचडी प्लस डिस्प्ले, २३४०/१०८० रीसोलूशन र १९:५ :९ को आकृति अनुपात पनि रहेको छ । साथै कर्निंग गोरिला ग्लास ३ ले स्क्रीनलाई आकस्मिक क्षति र स्क्र्याचबाट सुरक्षित राख्दछ । फोनको सुरक्षाको लागि पी २आइ न्यानो कोटिङ्ग पनि छ जस्ले पोको एम २ लाई अनावश्यक स्प्ल्यास प्रतिरोधी बनाउँदछ ।

पोको एम २ मा क्‍वाड क्यामेराको विशेषता रहेको छ जसमा १३ एमपी प्राइम सेन्सर, ८ एमपी अल्ट्रा वाइड सेन्सर, ५ एमपी म्याक्रो सेन्सर र २ एमपी डेप्थ सेन्सर समावेश छ । ८ एमपी अल्ट्रा वाइड क्यामेराको साथ ११८ डिग्री फिल्ड भ्यू खिच्‍न र प्रयोगकर्ताहरुले आफ्नो दृश्य अवलोकनलाई विस्तार गर्दै ड्रामेटिक क्लोजअप शटहरु लिन सक्छन् । प्रयोगकर्ताले म्याक्रो क्यामेरामा रमाइलो भिडियोका लागि पूर्ण एचडी फूटेज लिन सक्छन् । पोको एम२ ५००० एमएएच बिल्ट-इन ब्याट्रीका साथ आउँदछ र लामो समयसम्म ब्याट्री ब्याकअपका लागि १८ वाट्ट फास्ट चार्जिंग (१० वाट्ट इन बक्स) समर्थन गर्दछ ।

पोको सी ३ - गेम चेन्जर
टु-टोन डिजाइन अभिलक्षणका साथ पोको सी३ यस क्षेणीमा प्रयोगर्ताहरुलाई उत्तम तरिकाले फिट हुने स्मार्टफोन बनाउन आन्तरिकहरुको सन्तुलित सेटका साथ आउँदछ । पोको सी३ बजारमा उपलब्ध भएको सबैभन्दा सस्तो ट्रिपल क्यामेरा फोन पनि बनेको छ । पोको सी३  को ट्रिपल क्यामेरा सेटअपमा १३ एम.पी प्राइमरी सेन्सर, २ एम.पी म्याक्रो सेन्सर र १३ एम.पी डेप्थ सेन्सर पनि छ । डेप्थ सेन्सरले क्रिमी बोकेहका साथ क्रिस्प पोट्रेटहरु खिच्न मद्दत गर्छ,  म्याक्रो सेन्सरले रमाइला क्लोज अप शटहरु साथै ७२०पी मा म्याक्रो भिडियोहरु पनि शुट गर्ने क्षमता राख्दछ ।

५००० एमएएच उत्कृष्ट ब्याट्री प्रविधिका साथ प्रयोगकर्ताले फोन अझै लामो समयसम्म चल्ने अपेक्षा गर्न सक्छन् । पोको सी३ मिडियाटेक हेलियो जी ३५ ( ८ कोर प्रोसेसरका साथ कोटेक्स ( ए५३ कोरका साथ २.३ जीएचजेड सम्म क्लक गरिएको छ । ५००० एमएएच उच्च क्षमताको ब्याट्रीको साथ पोको सी ३ ले पर्फमेन्स र दक्षतामा पनि सन्तुलन कायम गरेको छ । 


Author

थप समाचार
x