कर्पोरेट

सरकारी अड्डाको सेवा एपमार्फत, यस्ता छन् उपयोगी सरकारी एपहरू

कमल धिताल |
चैत २०, २०७७ शुक्रबार १३:३७ बजे

काठमाडौं : इन्टरनेट सहज पहुँच सँगै नेपालमा पनि सरकारी सेवाहरू डिजिटल रुपमा सुरु हुन थालेका छन् । सरकारी निकायहरूले आफ्नो छुट्टै एप निर्माण गरी जनताको सहजताका लागि विभिन्‍न एप सार्वजनिक गरिरहेका छन् ।

केही उपयोगी सरकारी एपहरू जसले सरकारले दिने सेवा सुविधा सहज ढंगले दिन सकेका छन्, जसको बारेमा चर्चा गरिएको छ।


 १) नागरिक एप

सरकारले नागरिक एप सार्वजनक गरिसकेको छ । नागरिक एप बाट तपाईंले विभिन्‍न सेवा लिन सक्नुहुन्छ । बेटा भर्सनमा भएकाले यसबाट हाल केही सेवा जस्तै प्यान नम्बर (सार्वजनिक लेखा नम्बर) लिन कर विवरण हेर्न जस्ता कुरा हरु समेटिएका छन् बिस्तारै यसमा अन्य सेवा हरु पनि थपिँदै जाने सरकारले बताएको छ । नागरिक एपमा सरकारले दिने सबै सेवा दिने सरकारको लक्ष्य छ । नागरिक एप यहाँ बाट डाउनलोड गर्नुहोस् ।

२) हाम्रो  स्वास्थ्य

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्माण गरेको हाम्रो स्वास्थ्य एपमा स्वास्थ्य समन्धी जानकारी एवं कोरोना भाइरस को जानकारी र स्वास्थ्य मन्त्रालय को विभिन्न सूचनाहरू समावेस गरिएको छ । नजिक रहेका अस्पताल कोरोना भाइरसको पछिल्लो जानकारी यस एपबाट लिन सकिन्छ । डाउनलोड गर्न यहाँ  क्लिक गर्नुहोस् ।

३) आई आर डि एप

आन्तरिक राजस्व कार्यालयले आफ्नो सेवा सहज रुपमा दिन आई आर डि नेपाल एप रहेको छ। करदाता सेवा सहज र व्यवस्थित बनाउन र करदाताको लागि कर कार्यालय धाउन नपर्ने भएकाले यो एप उपयोगी छ । यस एप बाट कर विवरण भर्न नयाँ दर्ता प्यान सर्च गर्न एवं कर कार्यालयले प्रदान गर्ने सम्पूर्ण सेवा प्रयोग गर्न सकिन्छ । यो एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

४)  नेपाल कस्टम

भन्सार विभागले आफ्नो कार्यालय को छुट्टै एप निर्माण गरी विभिन्न भन्सार विभाग मा लाग्ने मूल्य आदिको बारेमा लाग्ने खर्चको विवरण राखेको छ । विदेशबाट सामान ल्याउँदा होस या नेपाल बाट सामान निकासी गर्दा होस् के कस्ता नियम र लाग्ने भन्सार को विवरण यस एप मा राखिएको छ । यो एप यहाँ बाट डाउनलोड गर्नुहोस्।

५) नेपाल एप

नेपाल को कानुन कस्तो छ के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने जानकारी नेपाल ल एप  ले दिन्छ । नेपाल संविधान र कानुन शिक्षा सबन्धि सम्पूर्ण कुराहरू नेपाल ल एप मा समावेस गरिएको छ । कानुन सबन्धी जानकारी चाहिएको छ र खाेज्दै हुनुहुन्छ भने यो एप तपाईंलाई सहयोगी हुन सक्छ यो एप यहाँ बाट डाउनलोड गर्नुहोस् ।

६) जि पि एप

सरकारी टेन्डरहरु हेर्नको लागि पत्रिका खाेज्दै हुनु हुन्छ भने इ जि पि एप तपाईँको लागि सहयोगी हुन सक्छ । यो एप मा देशका सम्पूर्ण सरकारी कार्यालय मा खुलेको टेन्डर नोटिसहरु समावेस गरिएको हुन्छन् । यो एप डाउनोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

७) नेपाल कन्सुलर

विदेशमा रहेका नेपाली रोजगारदातालाई वैदेशिक रोजगार र पेशा लिने कानुनी उत्तराधिकारीलाई वैदेशिक सहायता, क्षतिपूर्ति र बीमा रकम प्रदान गर्न विदेशस्थित नेपाली मिसनहरूसँगको प्रभावकारी समन्वयले विदेशमा फसेका नेपालीलाई उद्धार गर्नुका साथै नेपालीको शव स्वदेश फिर्ता गर्नु को लागि सरकारले यो एप निर्माण गरेको हो । तपाईँ विदेश मा हुनु हुन्छ र केही जानकारी या सहायता चाहिए यो एप उपयोगी हुन सक्छ । डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्।

८) वैदेशिक रोजगारी

वैदेशिक रोजारसम्बन्धी सूचना दिने मुख्य उदेश्य यस एप ले राखेको छ ।  वैदेशिक रोजगारी मा पुन प्रवेश गर्न सजिलो होस् र कामदार ले अनलाइन बाट सेवा प्राप्त गरून् भन्ने उदेश्य यस एप ले राखेको देखिन्छ । तपाईं लाई उपयोगी लाग्छ भने यहाँ बाट डाउनलोड गर्नुहोस् ।

९) डिपार्टमेन्ट अफ इमिग्रेसन

भिसा सबन्धी जानकारी भिसाको म्याद थप एवं भिसा को अन्य जानकारी दिन डिपार्टमेन्ट अफ इमी ग्रे सन् एप महत्त्व पूर्ण र उपयोगी रहेको छ।  इन्ट्री भिसा भिसा को प्लान अपग्रेड जस्ता कार्य यस एप बाट गर्न सकिन्छ। यदि तपाईंलाई उपयोगी लाग्छ भने यहाँ बाट डाउनलोड गर्नुहोस् ।

१०) स्थानीय तह को एप

नेपालका स्थानीय तहहरूको जानकारी यस एपबाट पाउन सकिन्छ । कुन तहमा कुन जन प्रतिनिधि छन् भन्‍ने विषयको जानकारी यस एपमा समावेस गरिएको छ । स्थानीय तह का जन प्रतनिधि को टीम सहित उनीहरूको फोन नम्बर समेत यस एप मा रहेको छ । डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्।

 लेखक को ब्लग हेर्नुहोस ।


Author

थप समाचार
x