कर्पोरेट

नबिल र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्सबीच सम्झौता

इकागज |
चैत २१, २०७७ शनिबार २०:३९ बजे

काठमाडौँः नेपालको अग्रणी बैंक, नबिल बैंक र आर.एण्ड.डी. इनोभेटिभ सोलुसन्स प्रा. लिबीच कृषि प्राविधिकहरुलाई आवश्कता अनुसार बैंकको कर्जा नीतिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गरेर कृषि प्राविधिकहरुलाई सहयोग गर्ने सम्झौता भएको छ ।

सम्झौतामा नबिल बैंकका एस.एम.ई. तथा लघुवित्त प्रमुख निरज कुमार बस्नेत (डनिल) र आर एण्ड डी इनोभेटीभ सोलुसनकी अध्यक्ष सुनिता न्हेम्हाफुकीले हस्ताक्षर गरेका छन् । 


‘नबिल बैंकले सदैव दिगो बैंकिङ्गलाई प्राथमिकता दिइरहेको छ र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दीगो विकासलाई सहयोग पुर्‍याउने विश्वास गर्दछ,’ साझेदारीको बारेमा बोल्दै बस्नेतले भने, ‘हामी कृषि प्राविधिकहरुका आवश्कता अनुसार कृषि तथा पशुपालन कर्जा लगायत विभिन्न बैंकिङ्ग सुविधा र सेवाहरु प्रदान गरी कृषि प्राविधिकहरुलाई सफल कृषि उद्यमी बनाउन र देशको आर्थिक विकासमा योगदान पुर्‍याउन उत्साहीत छौं ।’ 

आर एण्ड डी सोलुसन्सकी अध्यक्ष न्हेम्हाफुकीले नेपालको कृषि क्षेत्रमा विभिन्न संरचनागत समस्यामध्ये प्रविधिको उपयोग र वित्तीय पहुँच रहेको भन्दै सरकारको सहुलियत कर्जा स्कीमले कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने बताइन् । 
 


Author

थप समाचार
x