कर्पोरेट

भिभोको रेनि क्याम्पियन अफर

इकागज |
चैत २७, २०७७ शुक्रवार १२:५५ बजे

काठमाडौँ : स्मार्टफोनको बजारमा लोकप्रिय भिभोले नेपाली नयाँ वर्षलाई लक्षित गरी देशव्यापी रूपमा रहेका खुद्रा आउटलेटहरुबाट ग्राहकहरूलाई अत्याधिक छुटका साथमा उपहार अफर ल्याएको छ । यो अभियान अप्रिल ७ देखि २५ अप्रिल २०२१ सम्म रहनेछ । 

भिभोको भि सिरिज ह्यान्डसेट जस्तै भि २० ( ८ जिवि + १२८ जिवि)   भि२० एसई ( ८ जिवि + १२८ जिवि) तथा वाई सिरिज स्मार्टफोनको वाई५१( ८ जिवि + १२८ जिवि) वाई१२ ( ३ जिवि + ३२ जिवि) वाई९१ सि ( २ जिवि + ३२ जिवि) यो अभियान अन्तर्गत उत्साहजनक छुटको स्कीम ल्याइएको बिक्रेताले जनाएको छ । 


प्रथम क्रेता र भाग्यशाली विजेताहरु बन्नका लागि  प्रयोगकर्ताहरूले एकपटक उपकरण सक्रिय गरेर भिभोको सफ्टवयरमा स्क्यान गरेपछि छनौट हुनेछ ।  आईपिएल जर्सी, गेमिङ्ग हेडफोनहरु तथा ब्लुटुथ स्पिकरहरुमा २५ प्रतिशत स्रोतमा कर कट्टा (डिडिएस) लाग्नेछ । यद्यपि यो टिडिएस रकम भिभोले भुक्तान दिने बताइएको छ । 

स्कीमहरू: 
– भिभो भि२०को  पर्चेच प्राईस ड्रप रु ३००० मा उपलब्ध हुनेछ । पहिलो १०० उपभोक्ता जसले भिभो भि२० खरिद गर्नेछ उसले उत्साहजनक गेमिङ हेडफोन जित्ने मौका पाउनेछ ।

– पहिलो १५० उपभोक्ता जसले भिभो भि२० एसई खरिद गर्नेछ उसले ब्लुतुथ स्पिकर घरमा भित्राउन पाउनेछन् ।

– भिभो वाई२० (३ जिवि + ३२ जिवि) को  सबै खरिदकर्ताहरुलाई पर्चेच प्राईस ड्रप रु १००० मा उपलब्ध हुनेछ ।

– सबै  ग्राहकहरुले भिभो वाई९१सि का खरिदका लागि पर्चेच प्राईस ड्रप रु २००० मा लिन सक्नेछन् ।

– ग्राहकहरुले भिभो वाई१२एस रु १००० छुटका साथमा खरिद गर्न सक्नेछन् ।

– पहिलो १७०० ग्राहकहरु जसले भिभो वाई२० ( ४ जिवि+६४ जिवि), वाई२०एस, वाई५१ स्मार्टफोन खरिद गर्नेछन् तिनीहरुले यस सिजनको आईपिएल जर्सि जित्ने मौका पाउने छन् ।  
 


Author

थप समाचार
x