कर्पोरेट

‘रोल आउट’ भयो फोटनको एक करोड गाडी

इकागज |
चैत २७, २०७७ शुक्रबार १३:११ बजे

काठमाडौँ : चीनकै सबैभन्दा ठूलो कमर्शियल भेहिकल ब्रान्ड फोटन मोटरले एक करोड गाडी ‘रोल आउट’ गरेको छ । फोटन मोटरले स्थापना भएको २५ वर्षमै एक करोड गाडी उत्पादन गर्न सफल भएको हो । एक करोड गाडी उत्पादन गरेको अवसरमा फोटन डेमलर अटोमोटिभले चीनमा नयाँ अमान ग्यालेक्सी ट्रक सार्वजनिक गरेको छ जसलाई ‘प्रविधिक सुन्दरता र गतिशीलताको सम्मिश्रण’ भनी व्याख्या गरिएको छ । 

फोटनले गएको मार्च महिना मात्रै एक लाख एक हजार एकसय ६६ वटा गाडी विक्री गरेको थियो जुन अघिल्लो वर्षको तुलनामा ५९ प्रतिशत बढी हो । विश्वको सबैभन्दा ठूलो ‘लजिस्टिक्स मार्केट’को नेतृत्व लिने लक्ष्यका साथ फोटनको स्थापना सन् १९९६ को अगस्टमा भएको थियो । लगत्तै फोटनले विश्वकै लोकप्रिय अटोमोबाइल क्षेत्रका कम्पनीहरु कमिन्ज्, डेमलर ग्रुप र जेडएफसँग नीतिगत साझेदारी गरेको थियो । 


कमिन्ज हेभी–ड्युटी ट्रक बजारको आइकन हो जुन संसारकै सबैभन्दा ठूलो इन्जिन निर्माता समेत हो । त्यसैगरी, जर्मनीको डेमलर ग्रुप विश्वको सबैभन्दा ठूलो प्रिमियम कमर्शियल भेहिकल निर्माता कम्पनी हो भने जेडएफ संसारको सबैभन्दा ठूलो ट्रान्समिसन तथा च्यासिस् टेक्नोलोजी सप्लायर हो । नयाँ आविष्कार र उत्कृष्टताका लागि फोटनले चीन, जर्मनी  जापानमा 'रिसर्च एन्ड डेभलपमेन्ट सेन्टर'हरु स्थापना गरेको छ  जहाँ ४० भन्दा बढी मुलुकका ६ हजार पाँच सय इन्जिनियरले पाँच हजारभन्दा बढी प्याटेन्ड निर्माण गरिसकेका छन् । 

फोटनका उत्पादन विश्वका २७ वटा एसेम्बली प्लान्टमा उत्पादन भई एक सय १० देशमा उपलब्ध छन् । नेपालमा एमएडब्लु वृद्धि कमर्शियल भेहिकल प्रा. लि.ले फोटनका पिकअप, भ्यान र एम्बुलेन्सको विक्रीवितरण गर्दै आएको छ ।
 


Author

थप समाचार
x