कर्पोरेट

शाओमी नेपालको सर्भिस सेन्टर बुटवलमा

इकागज |
चैत २७, २०७७ शुक्रबार १४:४६ बजे

काठमाडौँ : शाओमीले बुटवलको राम मन्दिर लाइन, सिंह कम्प्लेक्समा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यसअघि शाओमीका अन्य सर्भिस सेन्टरहरु पोखरा, नारायणघाट,नेपालगन्ज, इटहरी , धनगडी र काठमाडौंमा अवस्थित छन् । ब्राण्डको रुपमा शाओमीले गुणस्तर र प्रक्रियामा उच्च बेञ्चमार्क निर्माण गर्न र कायम गर्न इमानदार प्रयास गरिरहेको जनाएको छ । 

उक्त शो रुम उद्घाटन गर्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले ‘शाओमीलाई नवीनतम प्रविधिको पहुँच पुर्याउन केन्द्रित भएको’ उल्लेख गरेका छन् । ‘यो नवीनतम प्रयासहरुले हामीलाई देशभर अघि बढ्न मद्दत गर्दै नेपाली ग्राहकहरु र मी फ्यानहरुको माया र विश्वास हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ,’ उनले भने, ‘बुटवलको यो नयाँ सर्भिस सेन्टरले ग्राहकहरुको जीवनलाई अझ सहज बनाउँदै शाओमीको सेवाहरुको अनुभव गर्नेे अवसर प्रदान गरेको छ ।’ 


यी सर्भिस सेन्टरहरु सञ्चालनमा आएसँगै नेपालको प्रयोगकर्ता समुदायमा आधिकारिक उत्पादनहरुको प्रयोग बढेको शाओमी नेपालले जनाएको छ । यो सर्भिस सेन्टर उद्घाटन अवसरमा शाओमी नेपालले शाओमीका सबै उत्पादहरूमा वारेन्टी कार्ड भए/नभएका सम्पूर्णका लागि एक हप्तासम्म निः शुल्क सर्भिसिङ्ग प्रदान गर्ने जनाएको छ ।


Author

थप समाचार
x