कर्पोरेट

सानिमा बैंकको नयाँ वर्षमा नयाँ स्कीम

इकागज |
चैत २७, २०७७ शुक्रबार १४:५५ बजे

काठमाडौँ : नयाँ वर्ष २०७८ को अवसरमा सानिमा बैंकले ‘नव वर्ष २०७८ः नयाँ रहर, नयाँ अफर योजना’ सार्वजनिक गरेको छ । अनलाइन सपिङ्ग प्लेटफर्म दराज केमूसँगको सहकार्यमा सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको हो । 

यो योजना अन्तर्गत सानिमा बैंकको ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान  गरिद गर्दा १५ प्रतिशत वा अधिकतम एक हजार र क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्दा २० प्रतिशत वा अधिकतम १,५०० रुपैयाँ छुट प्राप्त गर्नेछन् । यो स्कीम चैत २९ देखि वैशाख ७ गतेसम्म जारी रहने सानिमा बैंकले जनाएकाे  छ । 
 



Author

थप समाचार
x