कर्पोरेट

कोरोना महामारीको ‘नबिल जेन नेक्स्ट स्कीम’ अन्तर्गत एक लाख खाता

इकागज |
चैत २८, २०७७ शनिबार १५:० बजे

काठमाडौँ : नबिल बैंकले कोभिड–१९ महामारीको समयमा सञ्चालनमा ल्याएको नयाँ जेनेरेशन जेन–नेक्स्ट खातामा नेपाल टेलिकम र एनसेलको २ जीबी डाटा प्याकेजको सुविधा घोषणा गरेको छ । यो योजनाले डिजिटल बैंकिङ्गमा नयाँ युगको सुरुवात गराएको ठहरसहित नबिल बैंकले विशेष डाटा प्याकेज सुविधाका साथै मोबाईल बैंकिङ, निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड थुप्रै प्रबिधिमैत्री सेवाहरू जारी गरेको छ । 

हाम्रो यस बचत खाताको लोकप्रियताका कारण बजारमा यसै प्रकारका खाताहरू सञ्चालनमा आएको हुनाले मिल्दोजुल्दो नाममा नझुक्की ‘नबिल जेन नेक्स्ट अकाउन्ट’ खाता खोली लाभ लिन बैंकले आग्रह गरेको छ । कोरोना भाइरस महामारीका बाबजुद ‘नबिल जेन नेक्स्ट अकाउन्ट’ को संख्या एक लाख नाघेको  बैंकले जनाएको छ । 
 



Author

थप समाचार
x