कर्पोरेट

एनएमबि क्यापिटल नेशनल पेमेन्ट स्वीचमा आबद्ध

इकागज |
साउन २४, २०७९ मंगलबार १४:२७ बजे

काठमाडौंँ – एनएमबि क्यापिटल लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्था बीच औपचारिक कार्यक्रममा सम्झौता भएको छ । 

सम्झौता पत्रमा एनएमबि क्यापिटलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपेशकुमार वैद्य र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।  


उक्त सम्झौता पश्चात एनएमबी क्यापिटलको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस ( एन.पि.आई) सँग नेशनल पेमेन्ट स्वीच ( एन.पि.एस) अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरू प्रयोग गर्न सकिनेछ ।

सो अन्तर्गत एनएमबी क्यापिटलले एनसिएचएल–आइ.पि.एस र कनेक्ट आइ.पि.एस प्रणालीहरू मार्फत आफ्ना विभिन्न प्रकारका भुक्तानी तथा सम्बन्धित कारोबारहरू सोझै गर्न सक्ने भएका छन्।        

एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको( एन.पि.आई)मा हाल ५९ सदस्य बैंक वित्तीय संस्थाहरू आबद्ध छन् भने अन्य पिएसपी÷ पिएसओ, रेमिटेन्स कम्पनीहरू, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरू लगायतका ७३ गैर—बैंकिङ्ग संस्थाहरू इन्डाइरेक्ट-प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।     
 


Author

थप समाचार
x