कर्पोरेट

रियलमीको स्मार्टफोन टीयुभी रियनल्याण्ड गुणस्तर स्टान्डर्ड निर्धारण

इकागज |
चैत २९, २०७७ आइतबार १८:२८ बजे

काठमाडौँ : स्मार्टफोन ब्राण्ड, रियलमीले आफ्ना नयाँ प्रयोगकर्ताका लागि स्मार्टफोन गुणस्तर मानक अनावरण गरेको छ । रियलमीले टीयुभी रियनल्याण्डसँग सहकार्य गरेर ३ वर्षको अनुभवमा आधारित रहेर संयुक्त रूपमा टीयुभी रियनल्याण्ड गुणस्तरको स्मार्टफोन प्रमाणपत्र निर्धारण गरेको हो । उक्त प्रमाणपत्रपाउने पहिलो मोबाइलफोन रियलमी सी २१/२५ बनेको छ ।

रियलमीले टीयुभी रियनल्याण्डसँग गुणस्तर नियन्त्रण प्रक्रियालाई माथिल्लो तहमा पुर्‍याउने उद्देश्य सहित विश्वसनीय प्रमाणपत्रका लागि काम गरिरहेको जनाएको छ । यससँगै रियलमी नै विश्वसनीय टीयुभी रियनल्याण्ड प्रमाणपत्र पाउने विश्वकै पहिलो स्मार्टफोन ब्राण्ड बनेको छ । यसले गुणस्तर मानक निर्धारणका लागि गुणस्तर नियन्त्रण र  सबै स्मार्टफोनको पूर्ण परिक्षण गर्दछ ।


रियलमी र टीयुभी रियनल्याण्ड कम्पनीले संयुक्त रुपमा ८ महिनासम्मविस्तृत अध्ययन गरेपश्चात् टीयुभी रियनल्याण्ड विश्वसनीय स्मार्टफोन प्रमाणपत्रका रुपमा निर्धारण गरेको हो, जसले विश्वका ठूला स्मार्टफोन उद्योगमा गुणस्तरमानकको रूपमा काम गर्ने प्रक्षेपण गरिएको छ । 


Author

थप समाचार
x