सिद्धार्थ बैंकले ल्यायो ‘सिद्धार्थ बैंकस्मार्टएक्स्पी’, अब ठगी हुन नसक्ने
काठमाडौँ - सिद्धार्थ बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ्ग एपलाई सिद्धार्थ बैंक स्मार्ट एक्स्पीमा स्तरोन्नोति (अपग्रेड) गरेको छ । यसबाट एपमा हुने धोकाधडी (ठगी) नियन्त्रण गर्नुका साथै बहु च्यानल मार्फत सहजै प्रयोग गर्न सकिनेछ ।
एफवान सफ्ट इन्टरनेसनलले प्रवर्धन गरेको नयाँ एप्लिकेशन बैंक एक्स्पी आर्किटेक्चरमा आधारित छ, जसले प्रयोगकर्ताको कार्यक्षमताको दायरालाई अझ फराकिलो बनाउनेछ । सिद्धार्थ बैंक स्मार्ट एक्सपी डिजिटल बैकिङ्गमा सर्वव्यापी दृष्टिकोणमा आधारित छ । यसले ग्राहकलाई उनीहरुको मोबाइल र वेब उपकरणबाट एप्लिकेशन प्रयोग गर्नका लागि उही प्रमाणहरु (पासवर्ड) प्रयोग गरी प्रयोग गर्न सकिनेछ । नयाँ एप्लिकेशनमा बिल भुक्तानी, चेक बुक अनुरोध, सेल्फ पासवर्ड-पिन रिसेट, इएपोइन्टमेन्ट, उपकरणहरुबीचको अन्तर सञ्चालन लगायतका थुप्रै सुविधा उपलब्ध रहेको बैंकले जनाएको छ।
साथै बैंक स्मार्टएक्सपीले ठगी नियन्त्रणमा नवीनतम संयन्त्रलाई पनि प्रयोग गरिरहेको छ । यस एपमा प्रयोगकर्ताले लग इन गर्न खोजेको सिम नम्बर स्वःत प्रमाणित गर्ने क्षमता छ, र प्रयोगकर्ताको खातामा दर्ता भएको सिम त्यहि नम्बर हो भनी प्रमाणित नभएसम्म प्रयोगकर्तालाई एप प्रयोग गर्न अनुमति दिँदैन ।
“ग्राहकहरू मोबाइल बैंकिङ्ग प्रयोग गर्न हिचकिचाइरहेका छन्, किनभने अन्य व्यक्तिले उनीहरुको खातामा पहुँच पुर्याउन सक्ने संभावना छ । अटो–भेरिफिकेशनको प्रयोग गरेर ठगी नियन्त्रणमा हाम्रो पछिल्लो प्रयासले ठगीलाई न्यूनिकरण गरिनेछ र प्रमाणित ग्राहकहरुले मात्र मोबाइल बैंकिङ्ग मार्फत आफ्नो खातामा पहुँच प्राप्त गर्नेछन्” सिद्धार्थ बैंकका एक प्रतिनिधिले भने । “सिद्धार्थ बैंकले डिजिटल बैंकिङ्गलाई सधै प्रवद्र्धन गर्दै आएको छ । हामी डिजिटल भविष्यको बाटो हो भन्ने विश्वास गछौँ र हाम्रो अनुप्रयोगको नवीनतम संस्करणको सुरुवातसँगै प्रयोगकर्ताहरूले एपबाटै सिधै विभिन्न प्रकारका बैंकिङ्ग सेवाहरु प्राप्त गर्न सक्नेछन् ।
सिद्धार्थ बैंक नेपाल राष्ट्रबैँकबाट इजाजतपत्र क वर्गको वित्तीय संस्था हो । सन् २००२ मा स्थापना भएको यस संस्थालाई नेपालको सबैभन्दा प्रभावशाली र व्यवसायिक बैंकको रुपमा लिइन्छ । यस बैंकले आफ्ना सबै ग्राहकहरूका लागि बैंकिङ्ग सेवाहरु सहज र सरल रुपमा पहुँचयोग्य बनाउँदै अधिकांश सञ्चालनहरुमा डिजिटल बैंकिङ्ग लाई एकीकृत गर्दछ ।
“सम्बन्ध सधैभरीलाई” भन्ने नाराका साथ सिद्धार्थ बैंकले ग्राहक– पहिलो दृष्टिकोणमा भन्ने हेतुले बजारको नेतृत्व गरिरहेको छ । बैंक स्मार्टएक्सपी प्ले स्टोर र एप स्टोर दुबैमा डाउनलोडका लागि उपलब्ध रहेको बैंकले जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया