कर्पोरेट

एनएमबिका ग्राहकले बुद्ध र यती एयरमा क्यासब्याक पाउने

इकागज |
भदौ ८, २०७९ बुधबार १४:६ बजे

काठमाडौँ- आउँदो चाड पर्वलाई मध्य नजर गर्दै एनएमबि बैंकले अहिलेबाट नै क्यासब्याक अफर प्रस्तुत गरेको छ । एनएमबिका ग्राहकले अब बुद्ध एयर र यती एयरको एप र वेबबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी प्रत्येक टिकट खरिद गर्दा क्रमशः ३ सय ५० र ५ सय क्यास ब्याक सुविधा पाउने भएका छन ।

क्यासब्याक सुविधाको लागि ग्राहकहरूले आफ्नो एनएमबि कार्डहरूमा ई–कमर्स सक्रिय गर्नु पर्ने छ । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहनेछ । 
बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको बैंकले जनाएको छ । 
    



Author

थप समाचार
x