कर्पोरेट

१०८ मेगापिक्सेलको शाओमी १२ लाइट नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

इकागज |
भदौ ९, २०७९ बिहीबार १२:१५ बजे

काठमाडौँ - नेपाली बजारमा साओमी १२ लाइट सार्वजनिक भएको छ । कम्पनीले बुधबारदेखि यो अल्ट्रा स्लिम फाइभजी स्मार्टफोन नेपाली उपभोक्ताका लागि उपलब्ध गराएको हो । शाओमी १२ सिरिज अन्तर्गतको चौंथो मोडलका रूपमा रहेको लाइट संस्करण पातलो र हलुका रहेको छ ।

विशेषता


यसमा १०८ मेगापिक्सेलको मुख्य क्यामेरा छ भने ८ मेगापिक्सेलको अल्ट्रा वाइड एङल क्यामरा र २ मेगािपक्सेलको म्याक्रो क्यामरा छ । तीनवटा क्यामराको वरपर मेटल रिङ्ग देख्न सकिन्छ । त्यस्तै फोनमा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । १९ ओटा टेम्पलेट सहितको ‘भ्लग मोड’बाट विभिन्न किसिमका भ्लगहरु तुरुन्तै बनाउन मिल्नुका साथै यसमा ‘वान क्लिक एआई’ र र अन्य थुप्रै सिनेम्याटिक फिल्टर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

स्न्यापड्रागन ७७८जी चिपसेटरहेको फोनले फ्ल्यागशिप सरहको फाइभजी पर्फर्मेन्स प्रदान गर्ने कम्पनीको दाबी छ । साथै यसको मल्टी टायर कुलिङ सिस्टमले फोनलाई तातो हुनबाट बचाउने कम्पनीको भनाइ छ । फोनमा ४३०० एमएएचको ब्याट्री दिइएको छ, जुन ६७ वाटको टर्बो चार्जिङले १३ मिनेटमै ५० प्रतिशतसम्म चार्ज गर्न सकिने बताइएको छ ।

त्यस्तै साओमीको अडाप्टिभ चार्ज एल्गोरिदमले प्रयोगकर्ताको नाइट टाइम चार्जिङ रुटिन अध्ययन गरेर चार्जिङ स्ट्राटेजी पनि अप्टिमाइज गर्ने उल्लेख गरिएको छ ।६.५५ इन्चको एमोलेड डिस्प्लेसहित उपलब्ध फोनमा ज्म्च्ज्ञण्+ र डल्बी भिजन दुवै छ । साथै यसमा ट्रुकलर डिस्प्ले, १२० हर्जको स्क्रिन रिफ्रेश रेट, २४० हर्जको टच स्याम्प्लिङ रेट लगायतका विशेषता छन् ।

त्यस्तै आँखामा भार कम गर्न यसमा ‘सन लाइट मोड ३.०’, ‘रिडिङ मोड ३.०’ र ‘ट्रु डिस्प्ले’ राखिएको छ । साथै डुअल स्टेरियो स्पिकर र डल्बी एट्मस स्पासियल अडियो टेक्नोलोजीले प्रयोगकर्तालाई इमर्सिभ साउन्ड एक्स्पिरियन्स प्रदान गर्ने कम्पनीको विश्वास छ ।

मूल्य

६ं-१२८ जीबी र ८ं-१२८ जीबी स्टोरेज गरी दुई विकल्पमा आउने साओमी १२ लाइट हरियो, गुलाबी र कालो रंगमा उपलब्ध छ । यसको मूल्य ६ं-१२८ जीबी भेरियन्टको ५० हजार ९ सय ९९ रूपैयाँ र ८ं-१२८ जीबी भेरियन्टको ५३ हजार ९ सय ९९ रूपैयाँ तोकिएको छ ।

कभर शट लिनको लागि स्टुडियो लेभलको क्यामरा 
यसमा भएको तीन–तीन वटा शक्तिशाली लेन्सहरुले जुनसुकै कोणबाट हाइ डेफिनिसन तस्बिर लिन सकिन्छ। त्यस्तै यसमा भएको मोसन क्याप्चर इनेबल गरेर आइ ट्र्याकिङ फोकसमा स्टाइलिश कभर शटहरु लिन सकिन्छ। 
 


Author

थप समाचार
x