कर्पोरेट

हुन्डाई नयाँ वर्ष २०७८ योजना सार्वजनिक

इकागज |
चैत ३१, २०७७ मंगलबार १३:४६ बजे

काठमाडौँ : हुन्डाईका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा लि ले नयाँँ वर्ष योजना ‘यो नयाँँ वर्ष २०७८, हुन्डाई चढौं अघि बढौं’ सार्वजनिक गरेको छ ।  यो योजना अन्तर्गत हुन्डाईको कुनै पनि गाडीको खरिदमा आकर्षक छुट तथा विशेष सुविधाहरू प्राप्त गर्न सकिनेछ । यो योजना अन्तर्गत हरेक खरिदमा ग्राहक महानुभावहरूले आकर्षक नगद छुट, स्क्र्याच कार्ड मार्फत २० हजार रुपैयाँदेखि ७८ हजार रुपैयाँसम्मको अतिरिक्त छुट, १५ हजार बराबरको लोयल्टी बोनस, एक लाख रुपैयाँसम्मको एकसचेन्ज बोनस तथा एक वर्षको बीमा सुबिधा प्राप्त गर्न सकिन्छ ।

हुन्डाईले आफ्नो सम्पूर्ण गाडीहरुमा ६ वर्षको निःशुल्क सर्भिस तथा ३ वर्षको वारेन्टी सुविधा उपलब्ध गराउँदै आइरहेको छ । लक्ष्मी इन्टरकन्टीनेन्टल प्रा. लि. ले नेपाल भरी १३ शोरुमहरू तथा १७ सर्भिस सेन्टरहरू मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाइल उत्पादकमध्येमा पर्दछ ।



Author

थप समाचार
x